हिजोमात्रै ३१ वटा पुल शिलान्यास गरेँ, ३ वर्षमा कति विकास भए होला ?: केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दावी गरेका छन् । सोमबार पोखरामा आफूपक्षीय गण्डकी प्रदेशस्तरीय नेकपा भेलालाई सम्बोधन गर्दै ओलीले आफूले हिजोमात्रै ३१ वटा पुल शिलान्यास गरेको ओलीले बताए । देशबाट गरीबी, पछ्यौटेपन र भ्रष्टाचार हटाउँदै देशमा विकास र समृद्धि लहर ल्याउने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ ।
उनले योजनाबद्ध विकासका लागि सरकार लागिपरेको पनि बताए । ‘पहिले पहिले १ वर्षमा १० किलोमिटर मात्रै बाटो बन्थ्यो, अहिले एक दिनमा ५.७ किलोमिटरका दरले कालोपत्रे बाटो बनिरहेको छ । यो कति गुना हुन्छ तपाईँहरु बिचार गर्न सक्नुहुन्छ’, ओलीले भने, ‘डबल लेन, फोर लेन र सिक्स लेनका बाटाहरु बनिरहेका छन् । हिजोका मात्रै मेरो कार्यतालिका हेर्नुस्, ५ वटा निर्माण सम्पन्न भइसकेका लामा लामा पुल उद्घाटन गरेँ एउटा जिल्लामा मात्रै, त्यो पनि एक निर्वाचन क्षेत्रमा अन्ततः जानै भ्याएको छैन । ३१ वटा पुल हिजोमात्रै शिलान्यास गरेँ ।’
उनले यो त उदाहरण मात्रै भएको भन्दै ३ वर्षका बीचमा कति विकास भए भन्नेबारे जनताले आफै मूल्यांकन गर्न सक्ने बताए । कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागिपरेको पनि ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान