शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रावल

सोमबार, १७ फागुन २०७७, १८ : २०
सोमबार, १७ फागुन २०७७

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवाहक उपकुलपतिमा डा.मंगल रावलले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री त्रिपाठीले डाक्टर रावललाई सोमवार जिम्मेवारी दिएका हुन् ।

चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सकिएपछि डा.रावलले कार्यवाहकको जिम्मेवारी पाएको मन्त्रालयले जनाएको छ ।  डा.रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अस्पताल निर्देशकको रुपमा कार्यरत थिए । डा.रावल हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप