शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइओसीले पठायो नयाँ मूल्य सूची, निगमलाई पाक्षिक डेढ अर्ब नोक्सान

सोमबार, १७ फागुन २०७७, १८ : ४७
सोमबार, १७ फागुन २०७७

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमति अनुसार आइओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो । 

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रुपैयाँ, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५ रुपैयाँ, हवाई इन्धनमा ४.०६ रुपैयाँ तथा ग्यासमा प्रति सिलिन्डर ९१.९६ रुपैयाँ मूल्य बढेको छ । 

फेब्रुअरी १६ मा भएको तोकिएको मूल्यसूची अनुसार काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रुपैयाँ कायम गरिएको छ । 

यो मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई पाक्षिक रुपमा १ अर्ब ५४ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ । 

मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड नोक्सान

अहिले कायम भएको स्वचालित मूल्य प्रणाली अनुसार निगम व्यवस्थापनले प्रति १५ दिनमा एकपटक मात्रै मूल्य समायोजन गर्न पाउँछ । सो अवधिका लागि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ प्रतिशत र खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढाउन पाउँछ । 

निगमले यो मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा सवा अर्ब रुपैयाँ भन्दा नोक्सान हुने जनाएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम व्यवस्थापनसँग भएको अधिकार प्रयोग गरेर मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड रुपैयाँ नोक्सान हुने बताए । 

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १०.०६ रुपैयाँ, डिजेलमा ८.२२ रुपैयाँ, मट्टितेल नोक्सान हुन्छ । आन्तरिक हवाई उडानको इन्धन बिक्रीमा पनि यसपटक नोक्सानको अवस्थामा पुगेको छ । अहिलेकै मूल्यमा बिक्री गर्दा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १.९३ रुपैयाँ नोक्सान रहेको निगमको भनाई छ । खाना पकाउने ग्यासको कोक्सान बढेर प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा पुगेको निगमको भनाई छ । 

अहिले मट्टितेल र बाह्य हवाई उडानमा प्रयोग हुने इन्धनको बिक्रीमा भने नाफाको अवस्था छ । मट्टितेलमा १७.४२ रुपैयाँ नाफा छ भने बाह्य हवाई इन्धनमा ३१.६४ रुपैयाँ नाफा रहेको निगमको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप