शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी इक्विटी फण्डः दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

सोमबार, १७ फागुन २०७७, १९ : ४६
सोमबार, १७ फागुन २०७७

काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी इक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिएका छन् ।

क्यापिटलले माघ १४ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि ८०लाख इकाई सम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप