बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री रकुलको हट तस्बिर भाइरल

सोमबार, १७ फागुन २०७७, १९ : ५७
सोमबार, १७ फागुन २०७७

मुम्बई । अभिनेत्री रकुल प्रीत सिंह आफ्नो लुक्सको कारणले हमेशा चर्चामा छाउने गर्छिन् । उनी ट्रेडशिनल तथा वेस्टर्न हर लुक्समा परफेक्ट देखिन्छिन् । उनका तस्बिर सामाजिक सञ्जालमा रुचाइने गरिन्छ । हालै उनी मुम्बईमा देखिएकी थिइन् । जुन तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भैरहेका छन् । तस्बिरमा उनलाई पहेलो कलरको छोटो ड्रेस देख्न सकिन्छ । उक्त ड्रेसका साथ उनले निलो ज्याकेट लगाएकी छिन् भने उनको जुत्ता सेतो रंगको रहेको छ ।

यस ड्रेस अपमा उनी निकै हट देखिएकी छन् । ड्रेस हावामा उडिरहेको छ । ड्रेसअपका कारणले उनी हैरान समेत भएकी छिन् ।  ड्रेसका कारण उनलाई क्यामराको अगाडि पोज दिन अन्कम्फर्टेवल फिल भएको थियो । उनले पटक–पटक आफ्नो ड्रेसन सम्हाल्ने कोसिस गरेकी छन् । तर, हावाको कारण उनी असफल भैरहेकी थिइन् ।

कामको कुरो गर्ने हो भने उनी छिट्टै फिल्म ‘डाक्टर जी’मा देखिन्छिन् । फिल्ममा उनको जोडी अभिनेता आयुष्मान खुराना रहेका छन् । अजय देवगन र अमिताभ बच्चनको समेत फिल्ममा अभिनय  रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप