बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो

सोमबार, १७ फागुन २०७७, २२ : ५०
सोमबार, १७ फागुन २०७७

एजेन्सी । बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ । बेलायती महामारी एलिजाबेथ द्धितीयका ९९ वर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्बन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ । 

उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन् । लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । 

‘मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्’ एक अधिकारीले भने । उनको मुटुमा सङ्क्रमण देखिएको बताइएको छ । 
  
राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ बर्ष पुगेकी छिन् । उनीहरु दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप