शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रसंघीय अधिकार विज्ञद्वारा नाभाल्नीमाथिको विष आक्रमण छानबिन गर्न आग्रह

सोमबार, १७ फागुन २०७७, २३ : १३
सोमबार, १७ फागुन २०७७

एजेन्सी । संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका आलोचक अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनी आएका समाचारबारे अन्तर्राष्ट्रिय अनुसन्धानको सोमबार आग्रह गरेका छन् ।

नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २०० किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो । उनलाई रूसी अदालतले २।५ वर्ष जेल सजाय तोकेको छ । 

विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने धारणा दोहोर्याएका हुन् । संयुक्त राष्ट्रसङ्घका अतिरिक्त न्यायिक निकाय, तथा मृत्युदण्डसम्बन्धी शीर्ष विज्ञ एग्नेस कालामार्ड र अभिव्यक्ति स्वतन्त्रता विशेषज्ञ इरेन खानले उक्त आह्वान गरेका हुन् ।

“घरेलु अधिकारीहरूको कमजोर प्रतिक्रिया, प्रतिबन्धित रासायनिक हतियारको प्रयोग र लक्षित हत्याको स्पष्ट ब्यवहारका कारण घटनाको अन्तर्राष्ट्रिय अनुसन्धान गरिनु पर्छ । तथ्यहरू स्थापित गर्न र सबै कुरा स्पष्ट पार्न नाभाल्नीविरूद्धको विष प्रकरणबारेमा छानविन आवश्यक छ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप