ad
केन्द्रीय संस्करण

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

person explore access_timeफागुन १८, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन (मेटन) युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ ।

कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३÷४ दिनमा ब्यागिङको काम सकिएपछि करीब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ । वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने उनको भनाइ छ ।

नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ ।

पहिलो चरणमा २२ हजार ५ सय मेटन आयात हुन थालेको हो । त्यसैगरी दोस्रो चरणको १० हजार मेटन मल जेन ट्रेडले अबको हप्ता दिनभित्र प्राप्त गर्ने छ भने तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीखमा बुुझ्ने कम्पनीले बताएको छ ।

दोस्रो र तेस्रो चरणको मल भने चटगाउँ बन्दरगाहबाट प्राप्त भएपछि बंगलादेशकै बंगलाबन्ध बन्दगाहमार्फत रोहनपुर, सिंहवाद हुँदै विराटनगर आइपुग्ने र त्यसपछि वीरगञ्ज र भैरहवालगायत स्थानमा पठाइने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा   प्रशान्त खड्काले लेखेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.