शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संगीतकर्मी र रंगपत्रकारलाई ‘नातीकाजी राष्ट्रिय संगीत सम्मान र पुरस्कार’

मङ्गलबार, १८ फागुन २०७७, ०९ : ०६
मङ्गलबार, १८ फागुन २०७७

काठमाडौंँ । संगीत महर्षी स्व. नातिकाजी श्रेष्ठको ९४औँ स्मृती दिवसको अवसर पारेर नातीकाजी स्मृती समाजले ‘नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार २०७६’ आयोजना गरेको छ । सोमवार राष्ट्रपती कार्यलय शितल निवासमा  आयोजित कार्यक्रममा विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६’बाट गीतकारहरु बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामण्ी देवकोटा, संगीतकारहरु राजु सिह, सुनिल मास्के, मदन सिह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भए ।

कार्यक्रममा नेपाल समाचार पत्र तथा कामना मासिकका रंगपत्रकार बिदुर गिरी र स्याम स्मृतलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारीता पुरस्कार २०७६’ प्रदान गरियो ।

 सुगम पोखरेल, चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६’ प्राप्त गरेको कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६’बाट भने गायक सुरज कुमार थापा, गीतकार हर्क साउद र गायीका मेलीना राई पुरस्कृत भएका थिए ।

सोही अवसरमा ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार २०७६’ वाद्यवादक जीवीत जल्मी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७६’ शास्त्रीय संगीतकार विकास नाथ योगी,  ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७६’.लोकगायक बद्री पंगेनी, ‘राष्ट्रिय सम्मान २०७६’बाट समाजसेवी नवराज केसीलाई प्रदान गरियो ।

बालगायिका जारा रीत प्रसाइलाई प्रशंसापत्र प्राप्त गरेकी कार्यक्रममा संगीतकर्मी र पत्रकारलाई राष्ट्रपती विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा राष्ट्रपती विद्यादेवी भण्डारीले सम्मानित तथा पुरस्कृतहरुलाई बधाई ज्ञापन गर्दै नेपाली संगीत आकाशका उज्वल नक्षत्रको रुपमा नातिकाजीको चर्चा गरिन् । 

समारोहमा संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न गायक गायिकाले नातिकाजीद्वारा संगीतवद्व गीत गाएर पनि सुनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप