आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप
मङ्गलबार, १८ फागुन २०७७, ११ : ५३
काडमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ ।
झडपमा संलग्न प्रचण्ड-नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए ।
आज बिहान प्रचण्ड-नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गरेका थिए । सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातेपछि विवाद उत्पन्न भएको थियो ।
एसएसपी सिंहका अनुसार दुवै पक्षका विद्यार्थी नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ