बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूत रेग्मीले गरे पदबहाली

मङ्गलबार, १८ फागुन २०७७, १४ : ०९
मङ्गलबार, १८ फागुन २०७७

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । सोमबार श्रीमतीसहित लन्डन आइपुगेका उनले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् । राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट प्रवक्ता रोशन खनाल, सैनिक सहचारी लगायत दूतावासका अन्य कर्मचारीले स्वागत गरेका थिए ।

स्याङ्जामा जन्मिएका रेग्मीले सन् १९९५ मा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी वन मन्त्रालय, अर्थ मन्त्रालय,भूमिसुधार मन्त्रालय हुँदै सन् २०१७ मा मुख्यसचिव भएका थिए । नेपाल सरकारबाट बेलायतको राजदूतमा सिफारिश हुनुअघि  रेग्मीले नेपाल सरकारको मुख्य सचिव पदबाट राजीनामा गरेका थिए ।  उनले गत बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजदूत पदको सपथ लिएका हुन् 

निवर्तमान राजदूत डा.दुर्गाबहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर (थप केहि महिनापछि) गत फेब्रुअरी ७ तारिखका दिन स्वदेश फर्किएका थिए । पछिल्लो समयमा कार्यवाहक राजदूतको रुपमा दूतावासका प्रवक्ता एवम् उप नियोग प्रमुख रोशन खनालले काम गर्दै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप