
बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै काँग्रेसको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ । काँग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैंले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।
प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा.कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ