शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुधबारदेखि जनकपुर साहित्य महोत्सव

मङ्गलबार, १८ फागुन २०७७, १६ : १९
मङ्गलबार, १८ फागुन २०७७

जनकपुर । जनकपुरमा बुधबारदेखि साहित्य महोत्सव सुरु हुने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजक पक्षले सो कुराको जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता रहने आयोजक पक्षको भनाई छ । साहित्य महोत्सवमा राजनीति, साहित्य, व्यापार कला संस्कृतितर्फ बहस हुने पत्रकार सम्मेलन जानकारी दिइयो । जानकी मन्दिरको प्राङ्गणमा नव मिथिला फाउण्डेशनको आयोजनमा हुने महोत्सवको तयारी पूरा भएको आयोजक समितिका भूपेन्द्र खड्काले जानकारी दिए ।

फागुन १९ देखि २२ सम्म हुने महोत्सवमा जानकी दर्शन, जाआँै जनकपुर, प्रविधि र संस्कृति, साहित्यमा सीमाञ्चल, किताब वर्णदेखि वस्तुसम्म, कसले देला सुशासन, सिनेमाको रंग, सम्पादनको सकस, विदेशको यात्रा आशा कि लाश, अन्तवार्ताकारहरुको अन्तवार्ता, आ-आफनै कथा, समसमायिक राजनीतिमा गन्थन, मैथिली मिठास, मुखियाको मर्म, वैदेहीहरु, मेरो नगरको कथा लगायतको विषयमा चर्चा गरिने आयोजक पक्षले जानकारी दिएको छ । समारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम हुने जनाइएको छ ।

पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्ने सो कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योगी व्यवसायी विनोद चौधरी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मी, सिके लाल, राजनीतिकर्मी प्रदीप गिरी लगायतको सहभागिता रहने खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप