
ADVERTISEMENT
१६ वर्षीया किशोरीमाथि जवरजस्ती करणीको आरोपमा एक पक्राउ
पंखबहादुर शाही / राताेपाटी

जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजबाट
सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाका एक जना युवकलाई जवरजस्ती करणी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
भगवतीमाई गाउँपालिका– २ स्थित स्थानीय बेस्तडा बजारमा बस्ने १८ वर्षीय मोहन बुढालाई दैलेख प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बुढाले १६ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई बताए ।
पक्राउ गरिएका उनलाई प्रहरीले अनुसन्धानको लागि जिल्ला अदालत दैलेखबाट अनुमती लिई हिरासतमा राखिएको छ,’ उनले भने ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ