
जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।
महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए र गरेका कार्यबारे प्रस्तुतिकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ