बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोभान बजारमा आगलागी : ५५ परिवार विस्थापित

मङ्गलबार, १८ फागुन २०७७, २२ : ४२
मङ्गलबार, १८ फागुन २०७७

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा लागेको आगोबाट ४९ घरमा क्षति पुगेको राणाको भनाइ छ ।  मंगलबार बिहान १० बजे स्थानीय भोला पौडेलको घरबाट आगो सल्किएको थियो । 

पौडेलको घरमा विद्युत् शर्ट भएर आगो सल्किएको ताप्लेजुङका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई बताए । आगलागीबाट पौडेल सामान्य घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

फुङलिङ नगरपालिका र पाँचथरको फिदिमबाट आएको दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ । स्काभेटर समेतको प्रयोग गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । 

डिएसपी बालनरसिंह राणाका अनुसार ५५ परिवार विस्थापित भएका छन् । भाडामा बस्ने २२ परिवार र स्थानिय ३३ परिवार त्यहाँबाट विस्थापित भएका हुन् । ४९ घरमा क्षति पुगेको राणाको भनाइ छ । 

उनीहरुलाई रेडक्रसले लुगाफाटा र कम्बलसहित टेण्टमा बस्ने व्यवस्था मिलाएको छ । ​विस्थापितका लागि ताप्लेजुङ उद्योग वाणिज्य संघले खाद्यान्न वितरण गरेको छ । मेरिङ्देन गाउँपालिकाले प्रत्येक परिवारका लागी १५ हजारको दरले राहत वितरण गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप