
मैले राष्ट्रपति पद खोजेको होइनः रामचन्द्र पौडेल

भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस अहिले सरकारमा जान नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँ जन्मजयन्तीको अवसरमा विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटारले आयोजनाको गरेको सम्मान एवं रक्तदान कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । नेता पौडेलले अहिले काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताए ।
आफूले विगतमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेकाले अहिले फेरि राष्ट्रपति पदको लोभमा मुछिएकामा आपत्ति जनाउँदै उनले आफूमाथि गलत प्रचार गर्न थालिएको आरोप लगाए । उनले भने, ‘देशमा पहिलो राष्ट्रपति चुन्ने बेलामा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिले राष्ट्रपति बन्न नदिएपछि तपाईं राष्ट्रपति हुनुस् भनेर मलाई प्रस्ताव आएको थियो’ पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले भने, ’त्यतिबेला पनि मैले गिरिजाबाबु मैले अझै पनि लोकतन्त्रको लागि लड्नु छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन भनेर आएको अवसरलाई त्यागेको थिएँ ।’ आफूले लोकतन्त्रको मूल्य र मान्यतासँग कहिल्यै सम्झौता नगरेको समेत पौडेलेको भनाई थियो । उनले आफुलाई त्यसबेला प्रधानमन्त्री अफर आएको समेत खुलासा गरे ।
उनले भने, ‘पहिलो संविधानसभा कायम रहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई बालुवाटार बोलाएर डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट राजीनामा गराउँछौं, तपाई १० वा प्रदेश संरचनाको सिद्धान्त मान्ने घोषणा गरिदिनुस्, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भनेर प्रस्ताव गर्नुभएको थियो, मैले त्यो अवसरलाई त्यागेर प्रत्येक संविधान निर्माणका प्रत्येक बुँदाबुँदामा लडें ।’ राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेर देश र लोकतन्त्रको रक्षाको लागि लड्दै आएको व्यक्तिलाई अहिले राष्ट्रपतिको लोभमा फस्यो भन्दै गलत प्रचार गरिएको उनको भनाइ थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- March 3, 2021, 9:03 a.m. NepaliRastapati paad nai aabasayak china Nepal ma. Yehi rakhnea nai vayo vanea rajniti bata tada ko manche matrai Rastapati hunea sabidhan ma bebasta gara. Tai manche hijo party ko jhanda boknea ani tai manche rastapati hunea. Yo kasto para ho, Bidya devi ji lea political background vako lea k garna sakcha vanyeara deak hai de saknu vayo. Aba sabai lea milyeara Rastapati paad nai hatau.
- 0 Reply