आइएमई केबलकार चन्द्रागिरिपछि लुम्बिनीमा
चन्द्रागिरि केबलकारको सफलतापछि ढकालको आइएमई समूहले रूपन्देहीको बुटवलमा लुम्बिनी केबलकार परियोजना अगाडि बढाएको छ। आइएमई समूहकै नेतृत्वमा नवलपुरको गैंडाकोटमा पनि मौलाकालिका केबलकार परियोजना अघि बढेको छ।
ढकाल आइएमई समूहका अध्यक्ष हुन्। उनी मुलुकका सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएर अघि बढेका छन्। यो समूहको नेतृत्वमा बुटवलमा निर्माण सुरु भएको लुम्बिनी केबलकारको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।
वित्तीय क्षेत्रमा सफलता पाएको आइएमई समूहले पछिल्लो समय केबलकार र सँगसँगै होटलमा लगानी बढाएको छ। मुलुकको पर्यटन विकासमा सघाउन सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएको समूहका अध्यक्ष ढकालले बताए। ‘लुम्बिनीमा केबलकार निर्माण सुरु गरेका छौं,’ ढकालले भने, ‘एक वर्षमा सम्पन्न गर्ने योजनामा छौं।’ गैंडाकोटको मौलाकालिका मन्दिरमा पनि छिट्टै निर्माण अघि बढाउने उनले बताए।
व्यवसायी ढकालले केवलकार परियोजनामा होटल र मन्दिरलाई जोडने गरेका छन्। चन्द्रागिरी र बुटवलमा यी तीनै पक्ष छन्। लुम्बिनी केबलकार साढे तीन अर्ब रूपैयाँको लगानीमा निर्माण अघि बढाएको ढकालले जानकारी दिए। ‘केबलकारसहित तारे होटल पनि निर्माण गर्छौं,’ उनले भने, ‘स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने योजना हो।’
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ