शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसमः देशभर गर्मी बढ्न थाल्यो

बुधबार, १९ फागुन २०७७, ०८ : १०
बुधबार, १९ फागुन २०७७

हाल उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ को पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यता, देशभर तापक्रममा वृद्धि देखिएको छ । दिपायलको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको छ भने नेपालगञ्जको २९ डिग्रीसम्म पुगेको छ ।

भैरहवा, धरान, विराटनगरमा पनि अधिकतम तापक्रम ३० डिग्रीसम्म सेल्सियस पुगेको छ । काठमाडौँको अधिकतम तापक्रम २५.४ डिग्री सेल्सियससम्म पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप