शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अजय देवगनको कार रोकेर किसानबारे प्रश्न सोध्ने युवक मुम्बई प्रहरीद्वारा पक्राउ

बुधबार, १९ फागुन २०७७, १० : १३
बुधबार, १९ फागुन २०७७

मुम्बईमा कथित रुपमा अभिनेता अजय देवगनको कार रोकेर उनलाई किसान आन्दोलनमाथि प्रश्न सोध्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

ती व्यक्तिले अजय देवगनले कृषि कानूनको विरोध गरिरहेका किसानको समर्थनमा किन केही गरेनन् भन्ने विषयमा प्रश्न सोधेका थिए ।

समाचार एजेन्सी पिटिआईले एक प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै पक्राउ पर्ने व्यक्ति २८ वर्षका ड्रायभर राजदीप सिंह भएको जानकारी दिएको छ । उनी मूलतः पञ्जाबका निवासी हुन् ।

एक प्रहरी अधिकारीले भने, ‘यो घटना मंगलबार बिहान साढे १० बजे भएको हो । सिंहले गोरेगाँवमा फिल्म सिटी बाहिर अजय देवगनको कारलाई रोके र उनले आन्दोलनकारी किसानको समर्थनमा किन बोलिरहनुभएका छैनन् भनेर जान्न चाहे ।’

अधिकारीका अनुसार अजय देवगनका अंगरक्षक प्रतीप इन्द्रसेन गौतमले प्रहरीमा ऊजुरी दिएपछि सिंहलाई पक्राउ गरिएको हो ।

दिंदोसी थानाका वरिष्ठ इन्स्पेक्टर धर्मेन्द्र कांबलेले पीटीआईसँगको कुराकानीमा सिंहलाई गलत तरिकाले रोकेको, शान्ति भंग गरेको, जानी जानी अपमान गरेको र आपराधिक धम्कीको आरोप लगाइएको छ ।

अकाली दलका नेता मनजिन्दर सिंह सिरसाले यसलाई अन्याय बताएका छन् । उनले अजय देवगनको कार रोक्ने राजदीप सिंह धालीवालको भिडियो ट्वीट गरे । साथै उनले लेखे, ‘राजदीपले आफ्नो असहमति मात्रै व्यक्त गरेका थिए किनभने उनी अजय देवगन किसानको समर्थनमा नआएका कारण उनी असन्तुष्ट थिए । के यो अपराध हो ?’

सोसल मिडियामा सेयर गरिएको भिडियोमा देखिए अनुसार राजदीपले अजय देवगनको कारको अगाडि बसेर भनिरहेका छन्, ‘तिमी पञ्जाबविरुद्ध छौ, तिमी किसानको विरुद्धमा छौ, आखिर तिमीलाई खाना कसरी पच्छ ? थोरै त लाज राख ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप