बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभामुखसहित सांसदहरुले लगाउन थाले खोप, तस्विरमा हेर्नुहोस्

बुधबार, १९ फागुन २०७७, १० : ३६
बुधबार, १९ फागुन २०७७

सभामुख, मन्त्री तथा सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेका छन् । उनीहरुले बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सुरु गरेका हुन् ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए । सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सांसदहरुले खोप लगाइसकेका छन् । पुनःस्थापना पछि फागुन २३ गते संसद् बैठक बस्दैछ । संसद् बैठकअघि सबैलाई खोप अनिवार्य गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप