शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘पोइ पर्‍यो काले २’को घोषणामा निर्माता नेपालीको आपत्ति

बुधबार, १९ फागुन २०७७, १२ : ३२
बुधबार, १९ फागुन २०७७

काठमाडौँ । पछिल्लो समय फिल्मको सिक्वेल बनाउने लहड चलेको छ । यस्तैमा केही दिन पहिले फिल्म ‘पोई पर्‍यो काले’को सिक्वेल (पोई पर्‍यो काले २') निर्माण घोषणा भएको थियो । फिल्मका निर्देशक शिशिर राणाले फिल्म निर्माण घोषणा गरेका थिए । 

राणाले अभिनेता दिक्पाल कार्कीसँग अभिनय सम्झौता गर्दै ‘पोइ प-यो काले २’ घोषणा गरेको विषयमा पहिलो सिक्वेलका अर्थात फिल्म ‘पाई पर्‍यो काले’का निर्माता किरण नेपालीले आपत्ति जनाएका छन् । नेपालीले आफ्नो अनुमती बिना राणाले आफूखुसी फिल्म निर्माण घोषणा गरेर कलाकार समेत अनुबन्धित गरेको आरोप समेत लगाएका छन् ।

‘‘पोई पर्‍यो काले’का निर्माता म हुँ र फिल्म मेरो निर्माण ब्यानरमा बनेको हो’ निर्माता नेपालीले रातोपाटीसँग भने ‘निर्देशक राणालाई त्यसरी फिल्मको सिक्वेल निर्माण घोषणा गर्ने अधिकार नै छैन ।’
निर्माता नेपालीले सिक्वेल निर्माण घोषणा बिषयमा निर्देशक राणासँग सल्लाह नभएको र निर्देशक शिशिर र नायक दिक्पालको मर्जिले फिल्म घोषणा गरेको बताए । उनले फिलमको आधिकारीक सिक्वेल बन्ने घोषणागर्ने अधिकार आफूसँग बाहेक अरुसँग नरहेको समेत दाबी गरे ।

‘म अहिले फिल्म ‘२ नम्बरी’ र अर्काे एक प्रोजेट निर्माण गर्दैछु’ किरणले थपे ‘पोइ पर्‍यो काले’को सिक्वेल २ बर्षपछि म बनाउँछु । त्यसको नाम ‘पोइ प¥यो बुढो’ हुनेछ । फिल्म ‘पोइ प¥यो काले २’निर्माण घोषणाको विषयमा निर्देशक शिशिर राणासँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन भने सकेन ।

गतवर्ष कार्तिकमा रिलिज भएको फिल्म ‘पोइ प¥यो काले’ शिशिर राणाको निर्देशकन र किरण नेपालीको निर्माणमा बनेको थियो । फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, गोपाल ढकाल(छन्दे), शिशिर राणा लगायतको अभिनय रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप