शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोलुङ हाइड्रोपावरको  सेयर निष्काशनको बिक्री प्रवन्धकमा सनराइज क्यापिटल

बुधबार, १९ फागुन २०७७, १४ : २७
बुधबार, १९ फागुन २०७७

ओखलढुंगास्थित मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई छुट्टयाइएको ८ लाख २ हजार ५०० कित्ता सेयर निष्काशनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो हाइड्रोपावरको सेयर निकट भविष्यमा निष्काशन गरिने छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप