ad
केन्द्रीय संस्करण

गोङ्गबु हत्याकाण्ड : कल्पना मुडभरीलाई आजीवन कारावास, छोरीलाई सफाइ

person explore access_timeफागुन १९, २०७७ chat_bubble_outline0

 

गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौँ जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।

 


दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् । दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी थिइन् । त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन् ।

हत्याको करिब ७ महिनापछि नै जिल्ला अदालत काठमाडौंले कल्पनालाई जीवनभर कैदमै राख्ने फैसला सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार भीम बहादुर निरौलाले बताए । अपराधी ठहर भएकी कल्पनालाई यसअघि नै जगन्नथादेवल कारागारमा राखिएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.