प्रचण्ड–नेपाल पक्षको कारबाहीमा को-को परे ?
बुधबार, १९ फागुन २०७७, १४ : ४७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेता तथा पार्टी स्थायी समितिका सदस्य सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय समिति बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो ।
बैठकपछि नेता भीम रावलले नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीसहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको जानकारी दिए । यस्तै बैठकले केन्द्रीय कमिटीका सदस्य विशाल भट्टराईलाई पनि कारबाही गर्दै संसदीय भूमिकामा पार्टीको हितअनुसार काम गर्न निर्देशन दिएको छ भने केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी र सूर्य थापालाई पनि ६ महिनाका लागि निलम्बनको निर्णय गरेको रावलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान