शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घटेको सेयर बजारमा चन्द्रागिरीको सेयरले बढी कमायो, साल्ट ट्रेडिङको सेयर मूल्य १० हजार नाघ्यो

बुधबार, १९ फागुन २०७७, १५ : ३८
बुधबार, १९ फागुन २०७७

काठमाडौं । बुधबार सेयर बजारमा ३९.२३ अंकको गिरावट आएको छ । १.६० प्रतिशतले घटेको बजार २४१६ बिन्दुमा अडिएको छ । यसदिन ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँ बरारबरको सेयर कारोबार भएको छ । ट्रेडिङ र होटल तथा टुरिजम बाहेक सबै समूहमा गिरावट आएको छ । घटेको बजारमा चन्द्रागिरी हिल्सको सेयर  सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ । चन्द्रमगिरीको सेयर मूल्य प्रतिसेयर ५ सय ५० रुपैयाँ पुगेको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनको पनि सर्किट ब्रेक लाग्ने गरी सेयर मूल्य बढेको छ । साल्ट ट्रेडिङको सेयर मूल्य १० हजार २ सय २ रुपैयाँ पुगेको छ ।  यता कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ । आजै मात्र लाभांश घोषणा गरेको टेलिकमको २९ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप