बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

बुधबार, १९ फागुन २०७७, १९ : १९
बुधबार, १९ फागुन २०७७

काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि कुल १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदान रकम निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा बुधबार सो रकम निकासाको स्वीकृत दिएका हुन् ।

हाल स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । जुन निर्माणधिन स्वास्थ्य संस्थाहरुको काम सम्पन्नताको आधारमा मन्त्रालयले वित्तीय हस्तान्तरणको रुपमा रकम पठाउने गर्छ । 

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि कुल ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए ।

अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । र सोही स्रोतअनुसार गत मंसिर १५ गते विभिन्न ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । 


 
 


 

 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप