शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय सरकारको विभेदका कारण जनकपुरधामको विकास हुन सकेन : मुख्यमन्त्री राउत

बुधबार, १९ फागुन २०७७, १९ : २८
बुधबार, १९ फागुन २०७७

काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको प्रचारप्रसार गर्नमा संघीय सरकारको उदासिनता रहेको आरोप लगाएका छन् । 

लुम्बिनी गौतब बुद्धको थलो हो, सीताको जन्मभूमि जनकपुरधाम भएपनि संघीय सरकारले जनकपुरधामको प्रचार प्रसारमा बेइमानी गरेको स्पष्ट पारे ।

बुधबार जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा सुरु भएको दोस्रो जनकपुर साहित्य महोत्सवमा बोल्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनकपुरधाम संग विभेद गरेको कुरा अन्तर प्रदेश बैठकको क्रममा कुरा राखेको बताउँदै उनले विवाह पञ्चमी पर्वका लागि बजेट छुट्याइदिन पटक पटक आग्रह गर्दै आएको बताए ।

प्रदेश सरकारले विवाह पञ्चमी ५० लाख रुपैयाँ दिँदै आएको कुरा समेत उनले बताए ।

उनले भने, सीता माताको जानकी मन्दिरको महत्वलाई दुनियाँमा पुर्याउन सकेनौँ भने पर्यटकीय क्षेत्रमा समेत असर पर्ने हेतु यसको प्रचार प्रसार र सौन्दर्य करणमा समेत ध्यान दिनु जरुरी छ ।

मुख्यमन्त्री राउतले अमित झाको स्मृतिमा अमित पुस्तकालय निर्माण गर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाका लालकिशोर साहसँग आग्रह समेत गरेका थिए । उनले सो पुस्तकालयमा प्रदेश सरकारले समेत सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले व्यापारको उद्गम स्थल जनकपुरधाम रहेपनि यस क्षेत्रमा विकास हुन नसकेकोप्रति दुःख व्यक्त गरे । संघ सरकार र प्रदेश सरकारको विवादका कारण व्यवसायीहरु लगानी गर्न चाहेपनि लगानी गर्न नपाएको उनले बताए ।

उद्योगपति चौधरीले आफुहरु यस प्रदेशमा लगानी गर्न चाहेपनि संघ र प्रदेशको अधिकार बाँझिएको कारण लगानी गर्न नसकेको उनले बताए ।

उनले भने, ‘संघीयता पश्चात विकास गर्ने क्रममा यसै प्रदेशबाट विकासको काम सुरु गर्ने मानसिकताको साथ २ सय मेगावाटको सोलार पावरको प्रोजेक्ट सञ्चालन गर्न मन्त्रीजी र लगानी कर्ताबीच सम्झौता गरायौँ, तर दुर्भाग्यवश प्लान्ट सञ्चालनको लागि जग्गा उपलब्ध गराउने अधिकार संघको हो कि प्रदेशको यसै लफडामा प्रोजेक्ट स्थगित छ ।’

संघ र प्रदेश सरकार बिचको खिचातानीको कारण यहाँको विकासमा अवरोध भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप