
काँग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार साझ सिभिल अस्पताल पुगेर देउवाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
चितवनको रत्ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३ औं दिनको श्रद्धाञ्जली कार्यक्रमबाट फर्किएपछि खोप लगाउने उनी सिभिल अस्पताल पुगेका थिए ।
देउवासँग काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले सँगै खोप लगाएका थिए ।
देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गरे । उनले आज निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो प्रतिक्रिया दिएका हुन् । उनले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गरे ।
२३ गतेको प्रतिनिधिसभाको बैठकलाई मध्यनजर गरी बुधबार बिहान १० बजेबाट संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ