अरुण–३ जलविद्युत परियोजना निर्धारित समयभन्दा डेढ वर्ष अघिनै सम्पन्न हुने
काठमाडौ । प्रदेश नम्बर १ को सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण–३ जलविद्युत परियोजना तोकिएको समयभन्दा डेढ वर्ष अगावै सम्पन्न हुने भएको छ । बुधबार लगानी बोर्डसहितको उच्चस्तरीय टोली परियोजनाको अनुगमनका गएकोमा आयोजनाले निर्धारित समयको डेढ वर्ष अघि नै परियोजना सम्पन्न हुने बताएको हो । सो अवसरमा हाल परियोजनाको काम तीब्र रुपमा अघि बढिरहेको र लगभग ४० प्रतिशत काम सम्पन्न भइसकेको परियोजनाले जनाएको छ ।
सार्वजनिक–निजी साझेदारी (पीपी) मोडलमा बन्ने ९०० मेगावाट क्षमताको उक्त परियोजनाको निर्माण जिम्मा भारतको सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत निगमले लिएको हो । निगमले अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनी स्थापना गरी सो कम्पनीमार्फत आयोजना निर्माण गरिरहेको छ ।
आयोजना विकासका लागि नेपालका तर्फबाट लगानी बोर्डले सतलजसँग १० मंसिर २०७१ मा आयोजना विकास सम्झौता (पिडिए) गरेको थियो । पिडिए अनुसार सतलजले आफ्नो लगानीमा आयोजना निर्माण गर्ने र आयोजनाबाट उत्पादन भएकोमध्ये २१.९ प्रतिशत अर्थात् (१ सय ९७ मेगावाट) विद्युत नेपाललाई निःशुल्क उपलब्ध गराउने र बाँकी बिजुली भारत लैजाने सहमति गरेको छ ।
आयोजनाले प्रभावित स्थानीयलाई प्रत्येक महिना ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने सर्त छ । आयोजनालाई सतलजले सञ्चालन गरुन्जेल अर्थात् २५ वर्षमा नेपालले करिब १ खर्ब ५५ अर्बको विद्युत्, १ खर्ब ७ अर्ब रोयल्टी र ७७ अर्ब आयकरसहित गरी कुल ३ खर्ब ४८ अर्ब रुपैयाँ प्राप्त गर्नेछ । आयोजनाबाट नेपाललाई प्राप्त हुने रोयल्टी रकमको १३ प्रतिशत रकम स्थानीय प्रभावित क्षेत्रको विकासमा लगाउने सम्झौता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’