शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री उपासनाले उद्घाटन गरिन् ऐजुकेसन एण्ड माइग्रेसन कर्नर

बुधबार, १९ फागुन २०७७, २० : ११
बुधबार, १९ फागुन २०७७

काठमाडौँ । अभिनेत्री सिंह ठकुरीले ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखा उद्घाटन गरेकी छन् ।  उनले कर्नरको काठमाडांैको नयाँ बानेश्वरमा बुधबारबाट संचालनमा आएको नयां शाखाको रीवन काट्दै उद्घाटन गरेकी हुन् । 

उक्त शाखा उद्घाटनमा अभिनेत्रीसँगै ‘मिस ग्राण्ड नेपाल २०१९’ नीशा पाठक, ‘मिस सुप्रा नेशनल २०२०’ सिमल कनौजिया र ‘मिस पर्पोज २०१९’ विजेता निकिता कर्माचार्य समेत समेत सहभागी थिए ।
कार्यक्रममा अभिनेत्री अभिनेत्री ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्ध ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा खुसी लागेको बताइन् ।

‘यो संस्थाको बिगतको कार्य र नयाँ सोच राम्रो लागेर  म ब्राण्ड एम्बेष्डरको रूपमा जोडिएको हो’ ठकुरीले भनिन् ‘सस्थाले यूवा पुस्तामाझ राम्रो क्रेज बनाउन सफल भएकोमा खुसी लागेको छ ।’

कार्यक्रममा संस्थाका प्रमुख सुनील उप्रेतीले पछिल्लो समय  यूवाहरु माझ उपासना सिंह ठकुरीको राम्रो क्रेज भएकोले ब्राण्ड ऐम्बेष्डरको रूपमा छनौट गरेको बताए ।

आगामी दिनमा ऐजुकेसन एण्ड माइग्रेसन कर्नर झन बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने बताइएको कार्यक्रममा संस्थाका नबराज प्रसाई, नितेश उप्रेती र इश्वरराज  मैनालीले आफ्नो धारणा ब्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप