शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटनमन्त्री ढकाल र भारतका लागि नेपाली राजदूत आचार्यबीच भेटवार्ता

बुधबार, १९ फागुन २०७७, २० : ४०
बुधबार, १९ फागुन २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गरेका छन् ।
     
राजदूत आचार्यले आज सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेट गरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गरेका थिए ।

उनले भौगोलिकरूपमा दुई देशबीचको सीमासम्बन्धी समान नीति अख्तियार गरी भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाउन मन्त्री समक्ष अनुरोध गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।

जवाफमा पर्यटनमन्त्री ढकालले कोभिडपछिको अवस्थामा भारतीय पर्यटकको आगमनलाई सहज तुल्याउन आफू गम्भीरतापूर्वक लागिपरेको बताए । 

उनले विदेशी पर्यटकका निम्ति कायम गरिएको स्वास्थ्य मापदण्डलाई खुकुलो बनाएर आगमनलाई सहज बनाउनेगरी मन्त्रालयले निर्णय गरि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा लगिसकेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप