बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीद्वारा सेनाको उच्च प्रशंसा

बुधबार, १९ फागुन २०७७, २० : ४५
बुधबार, १९ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्य बोध भावनाको उच्च प्रशंसा गरेका छन्। नेपाली सेनाको पृतना समन्वयात्मक तीन दिने बैठकको आज सैनिक मुख्यालय जङ्गी अड्डामा उद्घाटन गर्दै उहाँले सेनाको भावी कार्यदिशा र कार्य योजनाका लागि ठोस आधार निर्माण गर्न बैठक सफल हुने विश्वास व्यक्त गरे ।
 
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्मका लागि मार्गदर्शन हुनेमा पूर्ण विश्वस्त हुन सकिन्छ । 

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनका रुपमा विकास गर्ने लक्ष्यप्राप्तिका लागि परिवर्तनलाई संस्थागत गर्दै अघि बढको बताए । उनले भने, “बैठकले विषयगत तथा क्षेत्रगतरुपमा हाल भइरहेका कार्यका बारेमा समीक्षा र आवश्यक सुधार, सुदृढीकरण र दिगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।
 
बलाधिकृत रथी प्रभुराम शर्माले राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनका लागि दक्ष, व्यावसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा सरकारबाट निरन्तर सहयोग प्राप्त भइरहेको बताए ।

बैठकमा रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका पिएसओज् रथीबृन्द, सबै पृतनाका पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी थिए । 

महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले बैठकमा आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
 
बैठकमा प्राप्त सुझावले आगामी दिनमा सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने सेनाले विश्वास लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप