बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार नाघ्यो

बिहीबार, २० फागुन २०७७, १४ : ०५
बिहीबार, २० फागुन २०७७

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३०० र ४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ  । सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ । बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रमित भएका थिए ।   

गत वर्ष नोभेम्बरदेखि कयौ महिनायता कोरोना भाइरस सङ्क्रमितको संख्या एक सय बढी हुदै आएको थियो । दक्षिण कोरियाको राजधानी शहर सोल र जिओन्गी प्रान्तमा वरपर सङ्क्रमितहरु देखिँदै आएका थिए । ती क्षेत्रहरुमा आयातित केसहरुले पनि प्राथमिकता पाएको सरकारी अधिकारीहरु पुष्टि गरेका छन् । 

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप सात व्यक्तिको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या १ हजार ६१९ जना पुगेका छन् ।   दक्षिण कोरियामा गत फेबु्रअरी २६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । सो दिनदेखि हालसम्म एक लाख ५४ हजार ४२१ व्यक्तिले खोप लगाइसकेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप