शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा हवाई कारबाही, २३ तालिवान लडाकू मारिए

बिहीबार, २० फागुन २०७७, १६ : १२
बिहीबार, २० फागुन २०७७

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकू विरुद्ध सेनाको लडाकू विमानद्वारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाईले बिहीबार बताएका छन् ।

यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप