सरकार र विप्लपबीचको वार्ता सकारात्मकः नेता लेखक
बिहीबार, २० फागुन २०७७, १९ : ०५
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकार र विप्लप नेतृत्वबीच हुन लागेको वार्तालाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताएका छन्।
नेपाल प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ताबाट निस्कने जुन पनि सहमति छ त्यो बहुलवादमा आधारित, बहुदलीय प्रतिष्पर्धासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थाको परिधिभित्र रहनुपर्ने बताए ।
उनले भने, “यदि वार्ता, संवादबाट यो परिधिभन्दा बाहिर गएर सहमति भयो भने त्यो सहमति काँग्रेसका लागि मान्य हुँदैन ।”
प्रत्येक समस्याको समाधान वार्ता वा संवादबाट नै हल गर्नुपर्दछ भन्ने काँग्रेसको दृढ मान्यता रहेको उनले बताए । हत्या, हिंसा र आतङ्कको राजनीतिले मुलुक अगाडि बढ्न सक्दैन भन्ने विषयमा काँग्रेस प्रष्ट रहेको उहाँले विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह