ओली समूहले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-नेपाल पक्षलाई पनि निमन्त्रणा
बिहीबार, २० फागुन २०७७, २० : २२
काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले बताए । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि नेकपाका सांसद दुई कित्तामा विभाजित छन् ।
नेकपा ८७ सांसद प्रचण्ड नेपाल पक्षसँग छन् भने ८३ जना ओली समूह खुलेका छन् । ओली पक्षले प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएसमार्फत बैठकमा आउन आमन्त्रण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण