शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा प्रहरी–तस्करबीच भिडन्त, एकजनाको मृत्यु

बिहीबार, २० फागुन २०७७, २० : ४१
बिहीबार, २० फागुन २०७७

काठमाडौं । कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त भएको छ । बेलौरी नगरपालिका–७ मा भिडन्त हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए । 

प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाको  टोली घटनास्थलमा जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप