बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलको बैठक बस्दै : तीन विकल्पमा छलफल हुने

शुक्रबार, २१ फागुन २०७७, १० : १६
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभामा आफ्नो भूमिकाबारे रणनीति बनाउन नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । शुक्रबार १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

विहीबार काँग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि  काँग्रेसमा तीन विकल्पमा छलफल भइरहेको छ । काँग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारिएको छ  । संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने बुझिएको छ ।

सार्वजनिक रुपमा काँधमा जिम्मेवारी आए प्रधानमन्त्री हुनबाट नभाग्ने सभापति शेरबहादुर देउवाले बताएपनि पार्टीभित्र निर्णायक मत राखेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका केही नेता काँग्रेस सरकारमा जान नहुने र प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नुपर्ने पक्षमा छन् । केही नेताहरु भने काँग्रेसको अग्रसरता राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिइरहेका छन् ।

बिहीबार पार्टी पदाधिकारीसहितका शीर्षस्थ नेताको राय अनुसार संसदीय दलमा छलफल हुने छ । यस्तै दलका नेता देउवाले वर्तमान वस्तुस्थितिबारे पनि ब्रिफिङ गर्ने छन् । काँग्रेसले आजै ठोस निर्णय लिने सम्भावना भने कम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप