बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साईप्रसमा घरेलु श्रमिक महिलाको मृत्यु

शुक्रबार, २१ फागुन २०७७, १० : २७
शुक्रबार, २१ फागुन २०७७

युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ ।  मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १ पाण्डेगाउँ रहेको जनाएको छ ।

सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल, नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली संघ साईप्रसले बिहीबार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराइएको बताए ।

सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप