शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एकतालाई जोगाउनुपर्छ : नेता भट्टराई

शुक्रबार, २१ फागुन २०७७, ११ : २४
शुक्रबार, २१ फागुन २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । 

प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”  

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड  नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए । 

नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप