शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव काठमाडौं प्रवेश, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै

शुक्रबार, २१ फागुन २०७७, १२ : ०९
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । समाचार तयार गर्दासम्म उनी नागढुंगाबाट काठमाडौं प्रवेश गरेका हुन् । 

आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए । शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् । 

सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् । विप्लव समूहका एक नेताले रातोपाटीसँग कुरा गर्दै भने–‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ ।’ 

प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप