बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विप्लव–प्रकाण्डसहितका नेताहरु आन्तरिक छलफलमा

शुक्रबार, २१ फागुन २०७७, १३ : ३५
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । विप्लव नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् । 

विप्लवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ भने त्यसपछि उनी राष्ट्रियसभा गृहमा औपचारिक रुपमा सार्वजनिक हुनेछन् ।  विप्लव औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ ।

राष्ट्रियसभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।  बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप