बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्धका सबै षड्यन्त्र परास्त हुन्छन् : राज्यमन्त्री मानन्धर

शुक्रबार, २१ फागुन २०७७, १४ : १३
शुक्रबार, २१ फागुन २०७७

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको समृद्धिको सपना पुरा गरेरै छाडिने बताएका छन् । शुक्रबार काठमाडौंको सितला माध्यमिक विद्यालयमा आइटी ल्याब र स्मार्ट बोर्डको शुरुवात गर्दै मानन्धरले जनताको समृद्धिको सपना पुरा हुन नदिन रचिएका सबै षड्यन्त्र समाप्त पारेर अघि बढ्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानका कारण समृद्ध नेपाल सुखी नेपालीको अभियान अघि बढेको बताउँदै मानन्धरले देशभक्त र जनप्रिय सरकारविरुद्ध देशी विदेशी शक्तिले षड्यन्त्रपूर्ण ढंगले चलखेल गरिरहेको दाबी गरे ।

 मानन्धरले जनताको चाहना अनुसार गठन भएको वर्तमान सरकारलाई असफल पार्न रचिएका सबै षडयन्त्रलाई जनताले नै परास्त गरिदिने दाबी गरे 
नेकपाको आधिकारिकता विवाद केही दिनमै टुंगिने बताउँदै मन्त्री मानन्धरले संसदीय दलमा प्रधानमन्त्री सुविधा जनक बहुमतमा रहेको दाबी पनि गरे । सर्वोच्चको आदेश पालना गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बोलाएको बताउँदै मानन्धरले  अबको दुई वर्ष प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार रहने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप