शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्बाट सरकार फाल्दा सडकमा आउँदैनौँ : मन्त्री अर्याल

शुक्रबार, २१ फागुन २०७७, १४ : १८
शुक्रबार, २१ फागुन २०७७

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसदबाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी छन् । गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता)को एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उनले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गरिन् । ‘हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौ । हामी जनताका मान्छे हौँ, जनताको बीचमा आउँदा खुसी नै हुन्छौँ,’, मन्त्री अर्यालले भनिन्, ‘तर संसद आह्वान भएको छ । प्रधानमन्त्री हटाउँछौ भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ । संसद् शुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बाद भयो भनेर हामी सडकमा आउने वाला छैनौं ।’

पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताउनुभयो । यसले अस्थिरता ल्याएको भन्दै उहाँले फेरि सत्ताको गणितीय खेल शुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभूंग पारिदिएको बताइन् ।

मन्त्री अर्यालले सरकारले इतिहासमा छुटाइएको लिम्पियाधुरासम्मको भूमी समेटेर  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारमाथि हमला भएको बताउनुभएको बताइन् । सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै उनले त्यो कुरा पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताइन् । उनले भनिन्, ‘नक्सा मात्र होइन जमिन पनि फिर्ता ल्याइदेउ भनेर त्यै नक्साले भन्दै थियो । सरकारले त्यसको तयारी गरिरहेको थियो । तर देशी विदेशी शक्ति सहित एउटा पक्ष सरकार फाल्नतिर लाग्यो । अहिले त्यहीँ कुरा हामीले भोग्दैछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप