बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हात समातेर विप्लवलाई कार्यक्रमस्थलमा ल्याए ओलीले

शुक्रबार, २१ फागुन २०७७, १४ : ५८
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई हात समातेर राष्ट्रिय सभागृहको हलमा प्रवेश गराएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली अघिअघि र विप्लव पछिपछि प्रवेश गरेका थिए ।

प्रधानमन्त्री ओलीले मञ्चमा टेक्नेबित्तिकै विप्लवको हात समातेर केही कदम डो¥याए । त्यसपछि उनले विप्लवको हात उठाएर दर्शकदीर्घातिर संयुक्त अभिवादन गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप