बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज रिहा भएका धर्मेन्द्र बाँस्तोला पनि हस्ताक्षर समारोहमा सहभागी

शुक्रबार, २१ फागुन २०७७, १५ : ०१
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । आजमात्रै प्रहरी हिरासतबाट रिहा भएका नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला राष्ट्रियसभा गृहको कार्यक्रममा सहभागी भएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिअनुसार बाँस्तोला रिहा भएका हुन् । उनी काभ्रे प्रहरीको हिरासतमा रहेका थिए । 

सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह अहिले राष्ट्रियसभा गृहमा चलिरहेको छ ।  सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्राही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ । 

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो ।  उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् । 
समारोहलाई प्रधानमन्त्री केपी ओली र विद्रोही विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप