शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब हामी स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिंड्ने छौँ : विप्लव

शुक्रबार, २१ फागुन २०७७, १५ : ४१
शुक्रबार, २१ फागुन २०७७

नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिँड्न चाहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा सरकार र विप्लव नेकपाबीच सहमति हस्ताक्षर समारोहमा उनले भने, ‘हामी स्वतन्त्रमुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ । अब  हाम्रा सहकर्मी योद्धाहरुलाई सरकारले मुक्त गर्ने विश्वास गरेका छौँ ।’ आजको सहमति सरकार नेकपाबीच भएको सहमति नभइ युवाको चाहना अनुसार भएको उनले बताए ।

विप्लवले भने, ‘आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै होइन। युवाहरुको चाहना अनुसार देशको समृद्धिका लागि  गरिएको सहमति हो ।’ सरकार र नेकपा चन्द समूहबीच दुवै पक्ष राजनीतिक समस्या वार्ताबाट समाधान गर्ने, विप्लव  समूहले सबै राजनीतिक गतिविधि शान्तिपूर्ण माध्यमबाट गर्ने भएको छ ।

यस्तै विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाउने, बन्दी रिहा गर्ने र मुद्दा फिर्ता गर्ने पनि सहमति भएको छ । उनले सहमतिमा आफू प्रतिबद्ध भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप