बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडाबाट घुस रकमसहित सव–इन्जिनियर पक्राउ

शुक्रबार, २१ फागुन २०७७, १६ : ४४
शुक्रबार, २१ फागुन २०७७

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले हेटौंडाबाट घुस रकमसहित एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । शुक्रबार आयोगको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्र लामिछानेलाई घुस रकमसहित पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को एक होटलबाट लामिछानेलाई ५० हजार रुपैयाँ घुस रकम लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।

लामिछानेले आयोजनाको योजना सम्पन्न गरे पश्चात ठेकेदारसँग रकम माग गरेको र सो रकम लिने क्रमका आयोगको टोलीले पक्राउ गरेको भण्डारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप