पोप फ्रान्सिस इराक प्रस्थान
शुक्रबार, २१ फागुन २०७७, १७ : ०४
रोम । इसाई धर्म गुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारीहरु र इस्लाम धर्म गुरुसँग भेटघाट गर्नेछन् ।
उनले खासगरी इराकमा सदियौंदेखि रहे बसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्नुहुने भ्याटिकनले जनाएको छ । पोप फ्रान्सिसले इराकका शिते धर्म गुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नु हुने इराकी अधिकारीहरुले बताएका छन् । इराक भ्रमणका क्रममा पोप फ्रान्सिसलाई कडा सुरक्षा प्रबन्ध गरिएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
-
एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
-
सहकारीको पैसा घरजग्गा र कम्पनीमा, बचतकर्ताको करोडौँ पैसा कसले फिर्ता गर्ने ?
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो